Mani ko blog

UncategorizedJune 8, 2006 9:27 am

बसका खलासीको भाषामा भन्ने हो भने कुसमय (अफिस जाने र फर्किने समयभन्दा बाहेक) मा पनि नेपाल यातायातको सिट भने प्याक नै हुने गर्दछ। जेठ १८ गते नेवाः देया दवुले भाषिक अधिकारको माग गर्दै ठुलो र्‍याली निकाले पछि बिग्रीएको सवारी व्यवस्थाका ठिक ठिकै समयमा आइरहेन नेपाल यातायात चढ्न पनि केही समय कुर्नु परेको थियो। शहर भित्रमा सवारीहरु कम चलेका कारणले सबै साधनहरु प्याक नै थिए। माअ‍ोवादीले पत्रकार सम्मेलन गर्दै छ रे भनेर एक जनाले साथीले खबर गरेपछि मिनभवन पुग्न हतारोमा बाहिर निस्किएको थिए। कमलपोखरीबाट मिनभवन पुग्न सकैभन्दा सजिलो अरु कुनै साधन थिएन। (more…)

UncategorizedOctober 4, 2005 8:03 am

प्राविधिक कारणले गर्दा ब्लग नियमित रुपमा लेख्न नसकेकोमा क्षमा माग्दै केही दिनभित्र नै नयाँ साजसज्जा र आकर्षणका साथ हेलो नेपाल पुनः तपाईँहरुको माझमा आउने जानकारी गराउनु चाहन्छु।

UncategorizedSeptember 5, 2005 9:38 am

माओवादीले तीन महिने एकतर्फी युद्धविरामको गरेको ४८ घण्टाभन्दा बढी समय भैसकेको छ । माओवादीको यो घोषाणबाट सबैमा खुसी छाए पनि सरकारले भने कुनै प्रतिक्रिया जनाएको छैन । कुनै कार्यक्रममा पुगेका सरकारका बरिष्ठदेखि कनिष्ठ मन्त्रीहरुसमेत यसेको बारेमा जिज्ञासा राख्दा एउटै जवाफ आउछ हेर्दै छौं बुझ्दै छौ । नेपालको सबैभन्दा समस्याको रुपमा हैन हेर्न र बुझ्ने कहिलेसम्म र सरकारले प्रतिक्रिया दिने कहिले माओवादीले गरेको एकपक्षीय युद्धविरामको समयसीमा समाप्त भए पछि ? किन राजाका मन्त्रीहरु प्रतिक्रिया दिइ रहेका छैनन् । कतै उनीहरुलाइ देशमा शान्ति भैदियो भने बेरोजगार होइन्छ भन्ने चिन्ताले पक्कै पनि सताएको हुनु पर्दछ । नत्र, किन पत्रकारहरुको माओवादीले गरेको एकपक्षीय युद्धविरामको प्रतिक्रिया माग्दा बद्री मण्डलले त्यसरी झोक्किनु पर्ने कुनै कारण नै थिएन् ।
माओवादीले हिंसा मच्चाए उनीहरुलाइ वार्ता गरेर नभए बन्दुकले तह लगाउछु भनेर कुर्लने वर्तमान सरकारले किन माओवादीहरुले एक कदम अघि बढी शान्तिपूर्ण माध्यमबाट समाधान खोज्न खोज्दा समेत बोलेको छैन ? माओवादी समस्याको समाधान बन्दुकबाट हैन शान्तिपूर्ण तरिकाले गर्नु पर्दछ भन्ने कुरामा कसैको बिमती छैन । तर, किन सरकार यस्तो सुवर्ण अवसरको सदुपयोग गर्न खोजिरहेको छैन ।

UncategorizedAugust 25, 2005 2:39 pm

देशका दुइ वटा प्रमुख दैनिक पत्रिकाका सम्पादकहरुले उनीलाइ पक्राउ गर्ने तयारी वर्तमान सरकारले गरिरहेको बताएका छन् । दुवै पत्रिकाले सरकार विरोधी प्रदर्शन, प्रजातन्त्रको प्रबर्द्धन तथा प्रेश स्वतन्त्रतको सम्बन्धी समाचारहरुलाइ प्रमुखताका साथ प्रकाशन गर्दै आएको छ । कान्तिपु पब्लिकेशनका पत्रिकाहरु दी काठमाण्डौ पोष्टका सम्पादक प्रतिक प्रधान र कान्तिपुर दैनिकका सम्पादक नारायण वाग्लेलाइ पक्राउ गर्ने तयारी गरिरहेको विश्वसनीय स्रोतबाट सूचना प्राप्त भएको दुवै सम्पादकहरुले प्रेस ट्रष्ट अफ इण्डिया(पी टी आइ) बताएको आउटलुकको अनलाइन संस्करणले जनएको छ । कान्तिपुर दैनिकमा गत आइतवार प्रकाशित गरेको संवैधानिक राजतन्त्र विषयको कार्टुनलाइ लिएर सरकारले आपत्ती प्रटक गरेको र त्यसको आधारमा बनाएर सरकारले कान्तिपुर पब्लिकेशन, अध्यक्ष हेमराज ज्ञवाली, कार्यकारी निर्देशक कैशाल सिरोहियाविरुद्ध पनि कारवाही तयारी गरिएको प्रधानले बताउनु भएको छ । यहाँ क्लिक गर्नुहोस

NewsAugust 24, 2005 1:18 pm

सुशील अर्याल
नेपाल कम्युनिष्ट पार्टी एमाले संबिधानसभा माफत नयाँ संबिधान निर्माण गर्नु पर्ने र गणतन्त्रको नारालाइ व्यापक रुपमा लैजाने भएको छ । चालु केन्द्रीय कमिटीको बैठकमा महासचिब माधब कुमार नेपालले छलफलमा सदस्यहरुले उठेका प्रश्नहरुको जवाफ दिदै संबिधानसभा माफत नयाँ संबिधान निर्माण गर्ने बिषय पार्टीको प्रमुख एजेण्डा बन्ने बताउनु भएको थियो । महासचिब नेपालले संबिधानसभाको बिषयलाइ सात पार्टीलाइ समेत सहमति गरेर अगाडि लैजान सकिने पनि बताउनु भएको थियो ।
विद्रोही नेपाल कम्युनिष्ट पार्टी माओवादीले संविधान सभाको निर्वाचनलाइ प्रमुख मागको रुपमा उठाउदै आएका छन् । (more…)

UncategorizedAugust 22, 2005 1:54 pm

बधाइ छ है प्रिपेड मोवाइलवालाहरुलाइ । माघ १९ शाही कदमले निलेको मोवाइल सेवा आज राती १० बजेबाट पुन: शुरु हुने कुरा नेपाल टेलीकमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले भनेका छन् । त्यसो त हिजो पनि मोवाइल शुरु हुने छ भनि भने पनि खुलेको थिएन । राजाको ज्वाइको मोवाइल नआइकन खुल्दैन भनी हल्ला काठमाण्डौमा चले पनि प्रिपेड मोवाइल सेवा खुल्ने भएको छ । (more…)

News 6:11 am

राजा आजबाट शान्ति सुरक्षास्थिति बुझ्न सुदुर र मध्य पश्चिमको भ्रमण निस्कन लागेको बेलामा माओवादीहरुले रुपन्देहीमा आज बिहान एम्बुस विष्फोटन गराएर ४ जना प्रहरी सहित ५ जनाको मृत्यु भएको छ ३ जना घाइते भएका छन् । घटना मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसनजिकै भएको हो। एम्बुस विस्फोटका कारण प्रहरी भ्यान पूर्ण रुपमा क्षतिग्रस्त भएको छ।

UncategorizedAugust 19, 2005 2:34 pm

एमालेको चालु केन्द्रीय कमिटीको बैठकले पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोध गर्दै आज एक प्रस्ताव पारित गरेको छ । प्रस्तावलाइ चुनौती दिदै किन स्थायी समितिका सदस्य इश्वर पोखरेलले किन आत्महत्या नगर्ने? गत माघमा देउवा सरकारको पालामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भएको समयमा आत्महत्याको विकल्पको रुपमा मूल्यबृद्धि गरिएको बताउनु भएको थियो । उहा भएको केन्द्रीय कमिटीले राजाको प्रत्यक्ष नेतृत्वमा रहेको अप्रजातान्त्रिक र जनविरोधी सरकारले नेपाली जनताको आयश्रोत र त्रयशक्त्ति निरन्तर कमजोर भइरहेको अवस्थामा हिजो गरेको पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको जनतामाथि गम्भिर भार थपेकोमा आजको बैठकले विरोध गरेको जनाएको छ । आफैले बोलेको त्यत्रो महान कुरालाइ चुनौती दिदै केन्द्रीय कमिटीको बैठकले प्रास्ताव पारित गर्दा समेत कमरेडले के कति कारणले किन मौनता साध्नु भएको हो फिट्टै बुझन सकिएको हैन ।

UncategorizedAugust 18, 2005 10:14 am

नेपालका राजा र गिरीजाप्रसादको के भिन्नता छ र के समाना छ भन्ने कुरा विवादको विषय बन्न सक्दछ । दुवै जनामा एउटा कुरा समानता छ । राजा आफ्नो पृथ्वी नारायण शाहले नेपाल देश एकिकण गरेका हुन त्यसैले यस देशको शासन चलाउने हक लाग्दछ र सबै रैती हुन भनि सम्झन्छन भने सम्झन्छन भने गिरीजा चाँहि दाजु बी.पी. कोइरालाले काँगेस भन्ने पार्टी बनाएका कारणले पार्टीका कोइराला परिवारको हैकम चल्नु पर्दछ भनि सोच्दछन् । त्यसैले केहि व्यत्तिले कोइराला परिवार व्यत्तिलाइ ओभरटेक गर्ला भन्ने उनलार्इ ठूलो चिन्ता हुने गर्दछ । कोइराला परिवार बाहेक कोही व्यत्ति पार्टीमा र आम मानिसमा लोकप्रिय हुदै आयो भने त्यसको विरुद्धमा लागि हाल्छन् । त्यसैले उनी पछिल्लो पटक गगन थापा र नरहरि आचार्यमाथि खनिएका छन् । काँग्रेसले सैद्धान्तिक रुपमा राजतन्त्रको बारेमा बार की पारको निर्णय गर्नुपर्छ भन्दै हिडेका दुवै जनालाइ दरवारबाटै संचालित हुन भनि आरोप लगाएका छन् ।

UncategorizedAugust 17, 2005 9:08 am


तपाई के बन्न चाहनु हुन्छ नागरिक वा रैती । नेपालमा एउटा बहस चलेको छ अचेल, जनता भएर बाच्ने वा दास भएर । माघ १९ पछि एक पछि अर्को गर्दै राजाको कमदहरु प्रजातन्त्र मास्न उद्यत गरेको बेला यस्तो बहस चल्नु नौलो कुरा हैन ।
राजाको कदमपछि निम्छरो हुदै बन्दै नागरिकहरुको आवाजलाई बुलन्द गर्न नागरिक समाजले विविध कार्यक्रमहरुको आयोजना गर्दै आएको छ । हिजो मात्रै राजधानीको बसन्तपुर डबलीमा नागरिक समाजले शान्ति र लोकतन्त्रको लागि धर्ना कार्यक्रमको आयोजना गर्‍यो । यसअघि पहिलो पटक रत्नपार्कमा सरकारद्वारा घोषित निषेधाज्ञा अवज्ञा गर्दै जुलुस प्रदर्शन भएको थियो भने दोस्रो कार्यक्रम बानेश्वरमा भएको थियो । (more…)